गोगन माध्यमिक विद्यालयमा परियारको संयोजकत्वमा भुपु.विद्यार्थी मञ्चको तदर्थ समिति

पाेखरा | मंसिर ३०, २०८१

गोगन माध्यमिक विद्यालयमा परियारको संयोजकत्वमा भुपु.विद्यार्थी मञ्चको तदर्थ समिति

पोखरा: पोखरा महानगरपालिका वडा नं ३२ स्थित गोगन माध्यमिक विद्यालय पूर्व विद्यार्थी मिलन कार्यक्रम अन्तर्गत आज सम्पन्न भेलाले किसान परियारको संयोजकत्वमा गोगन मा.वि.भुपु विद्यार्थी मञ्चको तदर्थ समिति गठन गरिएको छ ।
    

मञ्चको सह संयोजकमा रेशम रानाभाट, सचिवमा बिनोद भण्डारी, सहसचिवमा भावना पौडेल, कोषाध्यक्षमा एलिसा केसी रहनुभएको छ । मञ्चका सदस्यहरूमा किर्तीराज खनाल, अजय घिमिरे, दिपक पौडेल, विश्वर्र्ण बस्नेत हुनुहुन्छ ।
    

यस अघि कार्यक्रमको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं ३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीले शैक्षिक गुणस्तरीयतामा जोड दिनुपर्ने बताउँदै विद्यालयको सर्वाङ्गिण विकासमा पूर्व विद्यार्थीहरूको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
    

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेघराज पौडेलले विद्यालयको समग्र अवस्थाबारे प्रकाश पार्नुुभएको थियो । विद्यालयको समग्र उन्नयनका लागि भुपुु विद्यार्थीहरूसँग सहकार्य गर्दै अघि बढ्ने उहाँले बताउनुभयो । 
    

किसान परियारको अध्यक्षता एवम् विद्यालयका प्रधानाध्यापक मोहनराज बरालद्वारा सञ्चालित कार्यक्रममा स्वागत संयोजक हरिश्चन्द्र अधिकारीले गर्नुभएको थियो ।
    

नवगठित मञ्चका संयोजक परियारले मञ्चको विधान निर्माण गरी तत्कालै सम्बन्धित निकायमा दर्ता प्रक्रिया अघि बढाउने र विभिन्न क्षेत्रमा रहेका भुपु विद्यार्थीलाई पहिचान गरी विद्यालय र उनीहरूबीच समन्वय गर्दै अघि बढीने बताउनुभयो ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्